रूस निर्वासनमा रहेका सिरियाका पूर्व राष्ट्रपतिलाई विष हालेर मार्ने प्रयास
बिहीबार, पुस १८, २०८१
सिरियाबाट ज्यान जोगाएर परिवारसहित रूस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ।
बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् ।
सिरियामा ‘कु’ भएयता असद आफ्नो परिवारसँग रूसको राजधानी मस्कोमा छन् । लामो समयदेखि मध्यपूर्वमा उनीहरूको महत्वपूर्ण सहयोगी रहेको रूसले मस्कोमा असद परिवारलाई सुरक्षा दिएको छ । राष्ट्रपति भ्लादिमर पुटिनले असद र उनका परिवारका लागि एक गोप्य अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइ दिएका छन् ।
साताको लोकप्रिय