ललितपुरको तीन वटा वडा जोड्ने नख्खु खोला पुलको उद्घाटन
बिहीबार, चैत १४, २०८१
उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ । नगरपालिका र कर्मचारीहरूको पहिलो प्राथमिकता भनेको नगरवासीहरूलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो । त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’

‘चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए’
शुक्रबार, माघ १८, २०८१
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन्।

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
मंगलबार, माघ १, २०८१
राजकुलो विस्तारका लागि महानगरले २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए ।
साताको लोकप्रिय