बेलायती राजपरिवारका सदस्य डुक नेपाल आउँदै
मंगलबार, माघ ८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
ओली सरकार छिटै ढल्छ - प्रचण्ड
मंगलबार, माघ ८, २०८१
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकार नभएको स्पष्ट पार्दै उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाए ।
आज मन्त्रिपरिषद् बैठक बस्दै
सोमबार, माघ ७, २०८१
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
जनतालाई सेवा दिन र विकासको गति दिन अध्यादेश ल्याएको - प्रधानमन्त्री
शुक्रबार, माघ ४, २०८१
उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि आवश्यक कानुनी लगायतका अन्य पूर्वाधारका कामलाई प्राथमिकतामा राखेको धारणा राखे । उनले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएरहेको जानकारी दिए ।
ओली सरकारले ल्याएको अध्यादेशमा के के छ ?
बुधबार, माघ २, २०८१
बिना दर्ता संचालन गरिएका उद्योग बन्द गर्ने प्रावधान हटाई जरिवाना लिई उद्योग दर्ता गराएर संचालनमा ल्याउन सकिने व्यवस्था गरिएको छ । कोष व्यवस्थापन -फन्ड म्यानेजमेन्ट_ र सम्पत्ति व्यवस्थापन (आसेट म्यानेजमेन्ट) लाई पनि सेवा उद्योगको वर्गमा थप गरिएको छ ।
कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री
सोमबार, पुस २९, २०८१
तत्कालीन समयमा विरोध गर्नेहरूले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरूले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।
महिला जनप्रतिनिधिको नेतृत्वले स्थानीय तहको सशक्तीकरण: प्रधानमन्त्री ओली
शुक्रबार, पुस १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।
कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।...
आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री
बिहीबार, पुस १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले...
एमाले सचिवालय बैठकमा ओलीको प्रतिवेदन पारित
बिहीबार, पुस १८, २०८१
अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकबाट पारित भएको हो ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ...
साताको लोकप्रिय