आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो
शनिबार, माघ १९, २०८१
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ ।

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सोमबार, माघ ७, २०८१
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
साताको लोकप्रिय