कुलमानको बर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष
मंगलबार, चैत १२, २०८१
उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई बचाउन र इमानदार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए ।

कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर
मंगलबार, चैत १२, २०८१
उनले सामाजिक संजालमा मंगलबार लेख्दै कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताए । उनले यसको स्वामित्व नेपाली काँग्रेसले लिन नहुने बताए ।

सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटायो
सोमबार, चैत ११, २०८१
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।

कुलमानले दिए सरकारलाई स्पष्टीकरणको जवाफ
आइतबार, फागुन २५, २०८१
तपाईसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ? भन्दै सरकारले सोधेको प्रश्नमा उनले आफूले कार्य सम्पादन प्रतिवेदन ढिला बुझाएकै कारण सम्झौता रद्द गर्न सकिने शर्त सम्झौता पत्रमा उल्लेख नगरेको जवाफ फर्काएका छन् ।
-1741169623.png)
कुलमान घिसिङको स्पष्टीकरणको जबाफ आएपछि पदबाट हटाउने/नहटाउने निर्णय हुन्छ - मन्त्री खड्का
शुक्रबार, फागुन २३, २०८१
भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए । प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं
बिहीबार, फागुन २२, २०८१
यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदा हटाउने प्रक्रिया अघि बढाएको थियो । कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
-1741169623.png)
‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नु ?’
बुधबार, फागुन २१, २०८१
नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याकंनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’

उर्जामन्त्रीलाई कुलमानको जबाफ- मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन (प्रष्टीकरणसहित)
बिहीबार, फागुन १५, २०८१
उनले भनेका छन्- 'निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची - १ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली,...

‘कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन हुँदैन’ (भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ ।

कुलमान घिसिङो अराजक गतिविधिलाई सरकारले हेरेर बस्दैन र लगाम लगाउँछ - मन्त्री खड्का
मंगलबार, फागुन ६, २०८१
उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए ।

सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
सोमबार, पुस २२, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग सोमबार स्पष्टीकरण सोधेको हो । मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै उनले बुझाएका थिएनन् ।
साताको लोकप्रिय