रवि लामिछानेलाई ४५ लाख धरौटीमा छाड्न आदेश
बिहीबार, माघ २४, २०८१
लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो।

लामिछानेलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१
न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।

रविको बयान सकियो, थुनछेक बहसको तयारी
बुधबार, माघ २३, २०८१
न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् ।

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी
शुक्रबार, माघ ४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ।
चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
साताको लोकप्रिय