Harsamaya
 चितवन राष्ट्रिय निकुञ्‍जलाई बाघ पाल्न कठिन
 चितवन राष्ट्रिय निकुञ्‍जलाई बाघ पाल्न कठिन बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए। निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो ।
वन्यजन्तुलाई पानीका लागि बोरिङ
वन्यजन्तुलाई पानीका लागि बोरिङ चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ । 
मकुनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु  (विज्ञप्तिसहित)
मकुनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु  (विज्ञप्तिसहित) ‘हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको’, विज्ञप्तिमा भनिएको छ, ‘पछि खोज्दै...
गैँडा स्थानान्तरणको काम सकियो
गैँडा स्थानान्तरणको काम सकियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चारवटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । 
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण शुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ
हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्‍जले भन्यो - साँझ एक्लै नहिड्नू
चितवन राष्ट्रिय निकुञ्‍जले भन्यो - साँझ एक्लै नहिड्नू भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुई पाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताए । 
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिएका छन् । १४ दिन लगाएर गरिएको घडियाल गणनामा राप्ती र नारायणी नदीमा ३५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
Weather Update