ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली
शनिबार, माघ ५, २०८१
मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने (सूचनासहित)
शुक्रबार, माघ ४, २०८१
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ।
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
आइतबार, पुस २८, २०८१
टोखा नगरपालिकाले नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ ।
टोखाले नगरपालिकाभित्रका मुख्य सडकहरुमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता गरेको हो । टोखामा सडकवत्ती जडान गर्न नगरपालिकाले ६५...
विद्युत् चुहावट घट्यो, १२ दशमलव ७३ प्रतिशतमा सीमित
शनिबार, पुस २७, २०८१
नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।
काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने (सूचनासहित)
शनिबार, पुस २७, २०८१
प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने भएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ ।
सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
सोमबार, पुस २२, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग सोमबार स्पष्टीकरण सोधेको हो । मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै उनले बुझाएका थिएनन् ।
साताको लोकप्रिय