Harsamaya
बाजुरामा बाटोमै बच्चा पाएकी सिर्जनाको उद्धार
बाजुरामा बाटोमै बच्चा पाएकी सिर्जनाको उद्धार स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पु्याएका थिए। माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडुकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्। 
हेलिकप्टरमार्फत रुकुम पश्चिमकी सुत्केरीको उद्धार
हेलिकप्टरमार्फत रुकुम पश्चिमकी सुत्केरीको उद्धार उनका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो। बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो। उनलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’कार्यक्रम
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’कार्यक्रम जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ। गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ ।
हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया,  जन्माइन् दुई छोरी
हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया, जन्माइन् दुई छोरी सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आएकामा स्रोत साधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा हेमविक्रम शाहीले बताए ।
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु घरबाट दुई किलोमिटर दूरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्र सिंह धामीले बताए।
Weather Update