गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते
मंगलबार, पुस १६, २०८१
चितवनको रत्ननगरपालिका-१६ मा गैँडाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ। मंगलबार मध्याह्न १२ बजेको समयमा रत्ननगरका स्थानीयहरूमाथि गैँडाले आक्रमण गरेको हो। दुर्घटनामा परेर रत्ननगर-१६ बस्ने ७० वर्षकी कृष्णकुमारी थापा गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन्।

भालुवाङ–नर्ती सडकमा दुर्घटना रोकथामका लागि 'टाइमकार्ड' लागू
सोमबार, पुस १५, २०८१
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।...
साताको लोकप्रिय