भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु
मंगलबार, माघ २९, २०८१
भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
सोमबार, माघ २८, २०८१
घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।

ओभरटेक गर्दा मोटरसाइकल छिर्यो ट्रकभित्र, एकको मृत्यु
सोमबार, माघ २८, २०८१
प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

जूनकीरी स्कूल बस दुर्घटना: २५ जनाको उपचार हुँदै
सोमबार, माघ २८, २०८१
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको थियो ।

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते
मंगलबार, माघ २२, २०८१
स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो।

सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु
सोमबार, माघ २१, २०८१
पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो ।

तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
आइतबार, माघ २०, २०८१
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

महाकुम्भबाट फर्किंदै गरेका महोत्तरीका पाँच नेपालीको दुर्घटनामा मृत्यु
शनिबार, माघ १९, २०८१
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७...

दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते
शनिबार, माघ १९, २०८१
काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-1736338790.png)
भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते
शुक्रबार, माघ १८, २०८१
उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते
बिहीबार, माघ १७, २०८१
घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको र अन्य ५ जनाको नव जीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

अछाममा मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु
बिहीबार, माघ १७, २०८१
कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।

अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना
बिहीबार, माघ १७, २०८१
रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
साताको लोकप्रिय