बागलुङमा ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण हुँदै
आइतबार, पुस २८, २०८१
दरमखोलामा चार मेगावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनेलमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युतगृह निर्माण गरिने भएको छ ।
साताको लोकप्रिय