गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित
शनिबार, पुस २७, २०८१
गुल्मीमा व्यावसायिक किवीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका किसानले किवी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । ०६५ सालदेखि किवी लगाउन थालेका त्यहाँका किसानको बारी यतिवेला किवीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसानले यतिवेला किवीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ ।
साताको लोकप्रिय