आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
मंगलबार, माघ २२, २०८१
टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।

क्यान इन्फोटेकको ३०औं संस्करण माघ २४ देखि
आइतबार, माघ २०, २०८१
क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए ।

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
बुधबार, माघ १६, २०८१
यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।

‘अनुमति नलिई सामाजिक सञ्जाल चलाएमा २५ लाखसम्म जरिवाना हुनसक्ने’
मंगलबार, माघ १५, २०८१
सूचना प्रविधि क्षेत्रमा भएको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेकाले यसको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेका कारण विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ। नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो।

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश
शनिबार, माघ ५, २०८१
साझेदारीको उद्देश्य जेमिनीलाई एपीबाट लाइभ अपडेटहरू प्रदान गर्ने, खोज परिणामहरूको शुद्धता बढाउने हो । गुगलले यी अपडेटहरू चाँडै जेमिनीमा एकीकृत हुने पुष्टि गर्यो । यद्यपि बोटले हाल वास्तविक–समय समाचार अद्यावधिकहरूको अनुपलब्धतालाई संकेत गर्ने सन्देश प्रदर्शन गर्दछ ।

आधुनिक प्रविधिले हराउँदै हुलाक सेवा
शुक्रबार, माघ ४, २०८१
कुनै समय एक मात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
बिहीबार, माघ ३, २०८१
अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।

चीनमा एप्पलको बिक्री घट्यो
बिहीबार, माघ ३, २०८१
क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्यांक प्रदायक क्यानालिसले जनाएको छ ।

काभ्रेको संसारीदेवी विद्यालयमा कम्प्युटर ल्याब: सामुदायिक विद्यालयमा प्रविधि क्रान्ति
आइतबार, पुस २८, २०८१
अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो ।

छाउपडीको यथार्थ भर्चुअल रियालिटीमा: नयाँ नेपाली चलचित्रले सामाजिक कुरीति उजागर गर्दै
शुक्रबार, पुस १९, २०८१
सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन्। उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले साङ्गीतिक कार्यक्रममा जानु उनका लागि ठूलो रहर थियो।
महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन्। उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन्। यसले उनी शारीरिकसँगै...

क्यान महासङ्घमा पहिलो महिला अध्यक्ष: सुनैना घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति
मंगलबार, पुस १६, २०८१
कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध...
साताको लोकप्रिय