शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित
बुधबार, फागुन २८, २०८१
काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
मंगलबार, फागुन २७, २०८१
श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
मंगलबार, फागुन २७, २०८१
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । जसमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

शिक्षकहरूले आज कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने
मंगलबार, फागुन २७, २०८१
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते( नेकपा एकीकृत समाजवादीको कार्यालय, ३गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५...

शंकरदेवमा स्ववियु सभापतिले च्याते रजिष्टर
आइतबार, फागुन २५, २०८१
उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा स्ववियुको समर्थन रहेकाले आफूहरूले फर्जी भर्ना गर्न सक्ने कुनै आधार नरहेको उनको भनाइ छ।

जीवनका रंगहरू बोध गराउँदै ‘निर्भाना’
शनिबार, फागुन २४, २०८१
दुई दिने प्रदर्शनीमा विद्यार्थीहरू र अभिभावक एकदमै खुशी र उत्सुक भएको कला शिक्षक पुनम मास्केले बताइन् । ‘विद्यार्थीहरूलाई बाहिरको माहौलसँग घुलमिल गराउनु हाम्रो मुख्य उद्देश्य थियो’, उनले भनिन्, ‘बच्चाहरू फिल्डमा आउँदा फरक माहौल पाएका छन् र उनीहरूको कन्फिडेन्ट लेभल पनि बढेको छ ।’ बच्चाहरू एकदमै उत्सुक हुन्छन् उनीहरूले टेलिभिजनमा देखेका...

शिक्षकहरू सडकमा (हेर्नूहोस् तस्वीरहरू)
शनिबार, फागुन २४, २०८१
प्रदर्शनमा सहभागीहरूले यसअघि भएका सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका हुन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई दबाब दिनका लागि प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ ।

कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री
बिहीबार, फागुन २२, २०८१
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले विद्यार्थी भविष्यको उर्जा भएको उल्लेख गरे । विद्यार्थीको ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उनले विद्यार्थीको पहिचान गरेर प्रवर्द्धन गर्ने हो भने विद्यार्थीको भविष्य उज्ज्वल बन्ने बताए । ‘म मन्दिर कम विद्यालय बढी जान्छु, मैले पुज्ने मन्दिर नै विद्यालय हो’, बानियाँले भने ।

शहीदका सन्तानलाई छात्रवृत्ति दिने
बिहीबार, फागुन २२, २०८१
शहीद प्रतिष्ठान नेपालले शहीदका सन्तानलाई छात्रवृत्ति दिने भएको छ ।

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त
बिहीबार, फागुन २२, २०८१
मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ । जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।

काठमाडौंमा ३६ हजार बढी शिक्षकहरूले प्रदर्शन गर्ने
बुधबार, फागुन २१, २०८१
नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरूलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ । उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरू काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ ।

निजी शिक्षामा प्रधानमन्त्रीकै लगानी छ: विद्यानाथ कोइराला
शुक्रबार, फागुन १६, २०८१
‘हामी बुद्धिजीवी हुनुपर्ने, बुद्धुजीवी भयौँ,’ उनले अगाडि भने, ‘शिक्षक प्राध्यापकहरुमा सृजनशीलको चरम अभाव छ। सामान्य सुधार पनि गर्न नचाहने खाली निहुँ खोजिरहने प्रवृत्ति छ।’
साताको लोकप्रिय