Harsamaya
देशभर एसइई परिक्षा सुरु
देशभर एसइई परिक्षा सुरु माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
 स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न त्रिविको निर्देशन
 स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न त्रिविको निर्देशन त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेनन् ।
आजदेखि एसइई परीक्षा: देशभर ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने
आजदेखि एसइई परीक्षा: देशभर ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने विद्यार्थीहरूलाई परीक्षा अवधिमा अनुशासन, समय व्यवस्थापन र मानसिक सन्तुलन कायम राख्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ। सफा र निष्पक्ष परीक्षा गराउन परीक्षा नियन्त्रण कार्यालयले कडाइ गर्ने बताएको छ।
प्रधानमन्त्रीले एसइईको शुभकामना दिँदै भने - राम्रो नतिजाको अपेक्षा गरेको छु
प्रधानमन्त्रीले एसइईको शुभकामना दिँदै भने - राम्रो नतिजाको अपेक्षा गरेको छु  ‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन ।
३८ वटा आङ्गिक र २५० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सकियो
३८ वटा आङ्गिक र २५० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सकियो उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 
सिन्धुपाल्चोकका दुई क्याम्पसमा अखिलको प्यानल नै विजयी, अरनिकोमा नेविसंघका तुसारले जिते 
सिन्धुपाल्चोकका दुई क्याम्पसमा अखिलको प्यानल नै विजयी, अरनिकोमा नेविसंघका तुसारले जिते  यता, चौतारा बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीले फर्जी मत खसालेको विषयमा विद्यार्थीहरूबीच झडप भएपछि त्यहाँ निर्वाचन स्थगित भएको छ ।
मधेश प्रदेश सरकार एसइईमा सहभागी नहुने
मधेश प्रदेश सरकार एसइईमा सहभागी नहुने आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो तर विभिन्न शिक्षक संघ/संघठनले यसमा विरोध जनाएका थिए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले...
चौतारा बहुमुखी क्याम्पसमा फर्जी मत हाल्न खोजेपछि विवाद, अनेरास्विवयुले मतपेटिका नै फाले 
चौतारा बहुमुखी क्याम्पसमा फर्जी मत हाल्न खोजेपछि विवाद, अनेरास्विवयुले मतपेटिका नै फाले  नेविसंघका एक विद्यार्थीले फर्जी मत हाल्न क्रान्तिकारीले खोजेपछि विवाद भएको बताएका छन् । अहिले दुवैपक्ष ढुंगा हानाहान भएको छ । 
मोरङमा कडा सुरक्षाबीच स्ववियु निर्वाचन
मोरङमा कडा सुरक्षाबीच स्ववियु निर्वाचन मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् भने तीन संगठनले छुट्टै उमेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्वल विष्टलाई उम्मेदवार बनाएको छ । 
काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए । 
स्ववियु निर्वाचन : क्याम्पसहरूमा मतदान सुरु
स्ववियु निर्वाचन : क्याम्पसहरूमा मतदान सुरु मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई/दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
एसइईलाई मर्यादित बनाउन सिसीटिभी जडान
एसइईलाई मर्यादित बनाउन सिसीटिभी जडान यसैबिच गाउँपालिकाभित्रका १२ वटा परीक्षा केन्द्रमा रहेका १३४ वटा सबै कोठामा जडान गरिएका सिसी क्यामराको बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीलगायत शिक्षा शाखाले सोमबारबाट अनुगमनसमेत सुरु गरेको छ ।
Weather Update