वडाको सिफारिसमा अनुदानको नुन वितरण
शनिबार, पुस २७, २०८१
साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते
शनिबार, पुस २७, २०८१
मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पृथ्वीजयन्तीका अवसरमा जंगी अड्डाले गर्यो भव्य कार्यक्रम (तस्वीरसहित)
शनिबार, पुस २७, २०८१
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक...
आज देशभर पृथ्वीजयन्ती मनाइँदै
शनिबार, पुस २७, २०८१
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, पुस २७, २०८१
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
शनिबार, पुस २७, २०८१
जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।
जीपको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, पुस २६, २०८१
जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको थियो ।
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत (सूचीसहित)
शुक्रबार, पुस २६, २०८१
प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शुक्रबार, पुस २६, २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।
झापामा सीमास्तम्भ मर्मत गरिँदै
शुक्रबार, पुस २६, २०८१
झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए।
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व असुलीमा असर
शुक्रबार, पुस २६, २०८१
सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए ।
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप
शुक्रबार, पुस २६, २०८१
कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे । आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
साताको लोकप्रिय