Harsamaya
आगलागीमा परी एक जनाको मृत्यु
आगलागीमा परी एक जनाको मृत्यु सोलुदूधकुण्ड नगरपालिका-२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए ।
बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध
बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ...
आजको मौसम 
आजको मौसम  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आजको राशिफल
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समाजमा मान सम्मान बढ्नेछ। भाग्य उदयको लागि प्रभावशाली व्यक्तिहरू सहायक बन्नेछन्। राजकीय मामिलाहरू सुल्झिनेछन्। विनम्रताको परिचय दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
खुम्बुमा भूकम्पको पराकम्प
खुम्बुमा भूकम्पको पराकम्प सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् ।  आज बिहान ३:३० बजे र ५:३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९:३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५:३० बजे लुक्ला तथा...
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु...
पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी
पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौवटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । 
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत...
मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख बढी संकलन
मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख बढी संकलन बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
जलमा आश्रित चराको गणना चितवनमा शुरू
जलमा आश्रित चराको गणना चितवनमा शुरू जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो । यो समयमा बाहिरबाट जलपंक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । 
Weather Update