सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते
आइतबार, माघ २७, २०८१
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वृषको साथीभाइसँग रमाइलो भेट हुने, धनुलाई नयाँ कामको प्रस्ताव आउने
आइतबार, माघ २७, २०८१
कुम्भ
साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

काठमाडौंमा २ महिनामा ३४ आगलागीका घटना, कसरी जोगिने आगलागीबाट ?
शनिबार, माघ २६, २०८१
परिसरद्वारा शनिबार सार्वजनिक सूचनामा सलाई, लाइटरजस्ता आगजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, ‘स्मोक डिटेक्टर’ राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ ।

देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
शनिबार, माघ २६, २०८१
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।

डोटीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
शनिबार, माघ २६, २०८१
बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका थिए ।

बाजुरामा बाटोमै बच्चा पाएकी सिर्जनाको उद्धार
शनिबार, माघ २६, २०८१
स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पु्याएका थिए। माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडुकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्।

दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु
शनिबार, माघ २६, २०८१
जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए।

मामाघरबाट १० दिनदेखि बेपत्ता तीन वर्षीय बालकको शव खोलामा भेटिए
शनिबार, माघ २६, २०८१
आफ्नो मामाघरबाट बेपत्ता बालकबारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसैगरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसलाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए ।

बर्दगोरिया गाउँपालिकाले विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च दिने
शनिबार, माघ २६, २०८१
शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै...

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
शनिबार, माघ २६, २०८१
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।

तीस किलोको खुकुरी !
शनिबार, माघ २६, २०८१
उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउँछन् । खुकुरी निर्माणमा ज्याला खर्चबाहेक ३० हजार बराबरको खर्च भएको उनले बताए । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का हिमपातको सम्भावना
शनिबार, माघ २६, २०८१
बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साताको लोकप्रिय