सीजी ब्रान्डले निःशुल्क एसी सेवा शिविर गर्ने
आइतबार, फागुन २५, २०८१
सीजी ब्रान्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारका लागि निःशुल्क एसी सेवा शिविर सुरु गरेको छ ।

पहिलो पटक लिमी पुग्यो आयोडिनयुक्त नुन
आइतबार, फागुन २५, २०८१
नाम्खा गाउँपालिका-६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ।

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
आइतबार, फागुन २५, २०८१
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कदैं, राजावादीहरूले हजारौं सडकमा उतार्ने
आइतबार, फागुन २५, २०८१
गृह मन्त्रालयले राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने आकलन गरेको छ। पोखराबाट पूर्वराजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।

कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात
आइतबार, फागुन २५, २०८१
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कस्तो छ आजको तपाईंको राशिफल ?
आइतबार, फागुन २५, २०८१
मीन
मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ । तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । परिबन्ध र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ । चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ ।...

हाँडीगाउँ, जहाँ सडक नै बन्द गरेर लाग्छ मेला (फोटो फिचर)
शनिबार, फागुन २४, २०८१
हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् ।

मकुना मृत्यु प्रकरण: आत्मरक्षाका लागि सेनाले गोली चलाएको समितिको निष्कर्ष
शनिबार, फागुन २४, २०८१
माघ २३ गते स्वीप कार्यका लागि छ वटा हात्ती सहित सेक्टर कार्यालय र नेपाली सेना सहित १४ जनाको संयुक्त टोली परिचालन भइरहेको थियो । स्वीपका क्रममा अग्लो ढड्ढी र झाडी भएको स्थानमा पुग्दा मकुना अकस्मात आक्रमण गर्न आएकाले सुरुमा दुई राउण्ड हवाइ फायर गरेको गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

टाउकोमा गम्भीर चोट लागेको बैतडीका युवक मलेसियामा बेपत्ता
शनिबार, फागुन २४, २०८१
टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए ।

बेलौरी नगरपालिकाका -३ का वडाध्यक्ष रिजालको निधन
शनिबार, फागुन २४, २०८१
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । रिजालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो ।

‘पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो’
शनिबार, फागुन २४, २०८१
पूर्व सूचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले पत्रकारिता पेशा भनेको पहिला आफूले बुझ्ने र बुझाउने पेशा भएको बताए । पत्रकारले विज्ञसँग मात्र बुझेर समुदायमा तथ्यपरक सूचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
शनिबार, फागुन २४, २०८१
सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको...

आजको मौसम: वर्षा र हिमपातको सम्भावना
शनिबार, फागुन २४, २०८१
आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साताको लोकप्रिय