Harsamaya
चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको राशिफल: व्यापार, यात्रा र प्रेम सम्बन्धमा कस्तो छ तपाईंको भाग्य?
आजको राशिफल: व्यापार, यात्रा र प्रेम सम्बन्धमा कस्तो छ तपाईंको भाग्य? आज २०८१ चैत्र ८ गते शुक्रबार। नयाँ दिन नयाँ अवसरको संकेत गर्दछ। नेपालभरि लाखौं मानिस आफ्नो राशिफललाई आधार मानेर दिनचर्या तय गर्छन्। आज कुन राशिका लागि सफलता सुनिश्चित छ, र कसलाई सतर्क रहन आवश्यक छ? 
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।  
म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । 
आफू चढेर आएको बसले नै लियो मञ्जुको ज्यान
आफू चढेर आएको बसले नै लियो मञ्जुको ज्यान बसका चालक नेत्र तामाङलाई प्रहरीले हिरासतमा लिएको छ । चालक तामाङ र मञ्जु एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम हुँदै गरेको प्रहरीको भनाइ छ ।  मञ्जु श्रीमानसँगै काठमाडौंबाट नुवाकोट आएकी थिइन् । श्रीमान् र श्रीमतीसँगै आउँदा श्रीमतीको दुखद घटना भएको प्रहरीले बताएको छ ।
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
मालपोत कार्यालय भरतपुरमा ‘रातो स्टिकर’
मालपोत कार्यालय भरतपुरमा ‘रातो स्टिकर’ कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा
न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्‍यो : अध्यक्ष शेर्पा उनले पत्रकारलाई वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन बनाउन लिइएको जग्गा विभन्न दलहरूसहित बनेको समित अन्तर्गत नै रहेको शेर्पाले स्पष्ट पारेका छन् । 
कार्यालयमा कर्मचारी मृत फेला
कार्यालयमा कर्मचारी मृत फेला मोरङको उर्लाबारीस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख भूपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा फेला परेका छन् । 
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो प्रहरीका अनुसार सार्वजनिक स्थानमा रहेको स्वीइमिङ पुलमा डुबेर बेहोस भएका उनको उपचारका लागि सदाबहार अस्पताल खाडीचौरमा लगिएको थियो । उनको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको थिए । 
चितवनकी पत्रकार संगीता बानियाँको निधन
चितवनकी पत्रकार संगीता बानियाँको निधन पीडित बानियाँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो । तर, पुनः ब्रेनमा क्यान्सर देखिएको थियो । बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हिमपातको सम्भावना कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
Weather Update