मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु
शुक्रबार, चैत १५, २०८१
मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

गरुडाको तरकारी बजारमा आगलागी
शुक्रबार, चैत १५, २०८१
रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार विहान आगलागी भएको छ । आगलागीबाट करीव तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
शुक्रबार, चैत १५, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।

गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
शुक्रबार, चैत १५, २०८१
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए । आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
शुक्रबार, चैत १५, २०८१
शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । दिउँसो ती दुई प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

राजावादीलाई समाजवादी मोर्चाको काउन्टर: ७ ठाउँबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
शुक्रबार, चैत १५, २०८१
जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

कस्तो छ तपाईंको राशिफल ?
शुक्रबार, चैत १५, २०८१
मेष
ताजगी र स्फूर्ति बढ्नेछ । नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै...

कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
बिहीबार, चैत १४, २०८१
सरकारको बजेट खर्च बर्सेनि कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्ध वार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गति लिन सकेको छैन

पोखराको बिरौटामा कोटीहोम हुने निश्चित, तयारी धमाधम
बिहीबार, चैत १४, २०८१
आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्ने देखि लिएर अन्य कार्यहरू अगाडि बढेको आयोजकले जानकारी दिएको छ ।

दुई प्रहरी जवानलाई निलम्बन गर्न बाराका सिडियोको आदेश !
बिहीबार, चैत १४, २०८१
जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ ।

एकतामार्गमा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध
बिहीबार, चैत १४, २०८१
शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेलको निर्देशनमा उक्त क्षेत्रमा मापदण्ड विपरीत संरचना निर्माण गरिएको र सडक विस्तार गरिएको उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूको भनाइ छ । उक्त क्षेत्रको सडक आठ मिटर कायम गर्नुपर्नेमा ६ मिटरमा खुम्च्याएर सार्वजनिक जग्गा मिचिएको प्राधिकरणको भनाइ छ ।

आजको मौसमः वर्षा र हिमपातको सम्भावना
बिहीबार, चैत १४, २०८१
राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
साताको लोकप्रिय