देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
मंगलबार, पुस १६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसदमा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ यससँग मानवीय पक्ष पनि भएको बताए । आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको उनले स्मरण गरे ।

अमेरिकामा राष्ट्रिय मेलमिलाप दिवसको चर्चा, नागरिकता स्पष्ट गर्न सरकारलाई आग्रह
सोमबार, पुस १५, २०८१
नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताए ।
उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र...

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह
सोमबार, पुस १५, २०८१
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताएका छन्।
तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उनले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई...

माओवादीप्रति जनताको भरोसा छ : अध्यक्ष दाहाल
सोमबार, पुस १५, २०८१
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्।
झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ...

सभामुख घिमिरेद्वारा तमुल्होसार पर्वमा शुभकामना, सामाजिक एकता र सहिष्णुता प्रवर्धनको कामना
सोमबार, पुस १५, २०८१
सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर...

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद, नेतृत्व चयन माघ १२ मा
सोमबार, पुस १५, २०८१
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब...

राष्ट्रपति पौडेलको शुभकामना: तमु ल्होसारले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास
सोमबार, पुस १५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको...

नागार्जुन नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा
सोमबार, पुस १५, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त...

तमु ल्होसारले राष्ट्रिय एकता र सद्भावलाई थप मजबुत बनाउँछ: अध्यक्ष यादव
सोमबार, पुस १५, २०८१
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरूबिच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता...

तमु ल्होसारले आपसी बन्धुत्व र सद्भावलाई सुदृढ बनाउँछ: सभापति देउवा
सोमबार, पुस १५, २०८१
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् ।
तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी...

तमु ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक सद्भावलाई मजबुत बनाउँछ: अध्यक्ष दाहाल
सोमबार, पुस १५, २०८१

सहकारी ऐन संशोधन अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी
सोमबार, पुस १५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।
साताको लोकप्रिय