रास्वपा सचिवालयको बैठक आज बस्दै
बुधबार, चैत २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
बुधबार, चैत २७, २०८१
मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ ।

रास्वपाको सचिवालय बैठक बस्दै
बुधबार, चैत २७, २०८१
बैठकको छलफलका एजेन्डाहरूमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन् ।

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो :कोइराला (भिडियोसहित)
मंगलबार, चैत २६, २०८१
मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफसिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् ।

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री
मंगलबार, चैत २६, २०८१
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने बताए।

यस्ता छन्,मन्त्रिपरिषद्का १३ वटा निर्णयहरू
मंगलबार, चैत २६, २०८१
२.२०८२ वैशाख २६ र २७गते भुटानको थिम्पुमा आयोजना हुने 18 th South Asia Power Secretaries Roundtable कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने,

राणा र मिश्र थप १५ दिन हिरासतमै
मंगलबार, चैत २६, २०८१
काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ ।
-1744119343.jpg)
‘संघीयता खारेज गरौं’ भन्दै काठमाडौंमा जनमोर्चाको र्याली
मंगलबार, चैत २६, २०८१
सोही आन्दोलन अन्तर्गत आज मंगलबार राष्ट्रिय जनमोर्चाले र्याली निकालेको छ । प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापना लागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।

काङ्ग्रेस, एमाले र माओवादीका युवाहरू सबै हामीसँगै आउनुहोस् : सांसद सिंह
मंगलबार, चैत २६, २०८१
उनले भने, ‘यो तस्करले चलाएको सरकार हो । यस्तो भ्रष्ट सरकारलाई जरैबाट उखालेर फ्याक्दिउ । काङ्ग्रेस, एमाले र माओवादीका मित्रहरूलाई पनि भन्छु दुई दशक भइसक्यो उहाँहरुकै मान्छे चार–पाँच पटक प्रधानमन्त्री बनेर चलाए तर के दिए ? त्यसैले काङ्ग्रेस, एमाले र माओवादीका युवाहरूलाई हामी सँगै मिलेर देशलाई सहि दिशामा लगौं ।’

राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
मंगलबार, चैत २६, २०८१
यसको साथै, उनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन् ।

देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी
मंगलबार, चैत २६, २०८१
उनले भने,‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरूले बनाएको हो ? खुबै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरू । आज यहीँबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भट्टराईले पनि बुझ्नुपर्छ, राजाका पालामा...

मैले रेलको कुरा गर्दा विरोध गर्थे, अहिले जनकपुरमा चल्यो त : प्रधानमन्त्री
मंगलबार, चैत २६, २०८१
प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभुति र विद्वान एवं छिन्नमस्ता, गढीमाइलगायत देवदेवीहरुको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
मंगलबार, चैत २६, २०८१
मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे ।
साताको लोकप्रिय