Harsamaya
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’ कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।
ज्ञानेन्द्र तीनकुने घटनाको ‘मास्टरमाइन्ड’, नागरिकसरह कारबाही हुन्छ -  ईश्वर पोखरेल
ज्ञानेन्द्र तीनकुने घटनाको ‘मास्टरमाइन्ड’, नागरिकसरह कारबाही हुन्छ -  ईश्वर पोखरेल अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए ।  ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागीदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उनले भने ।
पुरानै व्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह
पुरानै व्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह उनले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहको जोड छ । 
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’ 
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपा नेतृ राई एमालेमा प्रवेश उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् । 
एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : प्रचण्ड
एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : प्रचण्ड यसैगरी प्रचण्डले एकथरी मानिसहरू इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको बताए । उनले युद्धमा राज्य पक्षले कति मार्यो ? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त  भन्दै प्रश्न गरे ।
सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड
सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दोस्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए । 
सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस् : सभापति देउवा
सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस् : सभापति देउवा शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदनमी भइरहेको भन्दै यस्तो अवस्थामा भएको सहकारीले सच्चा मनले राष्ट्रको लागि काम गर्नुपर्ने बताए । 
कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित)
कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित) शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।
मिश्र र राणालाई रिहाइ नगरे आन्दोलन गर्ने पशुपतिशम्शेरको चेतावनी
मिश्र र राणालाई रिहाइ नगरे आन्दोलन गर्ने पशुपतिशम्शेरको चेतावनी ‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने ।
प्रधानमन्त्री आज दमक जाँदै, जागरण सभालाई सम्बोधन गर्ने 
प्रधानमन्त्री आज दमक जाँदै, जागरण सभालाई सम्बोधन गर्ने  उनले भने, ‘बाहिर जसरी केही भएन भनेर भास्य सिर्जना भएको नेकपा एमालेका विरुद्धमा चौतर्फी आक्रमण गर्ने योजना बनाइएकोले हाम्रा दृष्टिकोणहरू, राजतन्त्र ल्याइहाले भन्ने हावा कुराहरूका पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिनका लागि हामीले प्रदेशस्तरीय जागरण सभाको आयोजना गरेका हौँ ।’
विद्यालय शिक्षा ऐन ल्याउन आन्दोलन गर्नुपर्ने परिस्थिति दुर्भाग्य  : सांसद श्रीकृष्ण अधिकारी (ऐक्यबद्धता अपिलसहित)
विद्यालय शिक्षा ऐन ल्याउन आन्दोलन गर्नुपर्ने परिस्थिति दुर्भाग्य : सांसद श्रीकृष्ण अधिकारी (ऐक्यबद्धता अपिलसहित) ‘छिटो भन्दा छिटो विशेष अधिवेशन बोलाएर या त नियमित अधिवेशन (वर्षे अधिवेशन) छिटो बोलाएर पहिलो प्राथमिकतामा विद्यालय शिक्षा ऐ्नलाई राखेर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘यी कुरालाई हामी गम्भीरतापूर्वक लागिराखेका छौं । अहिले संसदीय समितिहरूमा कुरा अघि बढिराखेको छ ।’ 
Weather Update