दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
मंगलबार, माघ २२, २०८१
जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
मंगलबार, माघ २२, २०८१
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएनअष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।

दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
सोमबार, माघ २१, २०८१
परियोजनाको लागत करसहित कूल रु ७२ करोड ९८ लाख १६ हजार रहेको छ । परियोजना सम्पन्न भएपछि जिल्लाको यातायात सुविधामा सहज हुने अनुमान गरिएको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थितिमा किराती नाक्छुङ कर्णबहादुर राईले किराती मुन्दुमअनुसार पूजापाठ गरी आज काम...
-1738555379.png)
नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै
सोमबार, माघ २१, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
शनिबार, माघ १९, २०८१
काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ ।

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
शनिबार, माघ १९, २०८१
अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन। भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ।
एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन्।

एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
शनिबार, माघ १९, २०८१
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ ।

उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
शनिबार, माघ १९, २०८१
लमजुङको उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ
शुक्रबार, माघ १८, २०८१
व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणाधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ ।
निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले वि.सं २०८० भदौभित्र सम्पन्न गर्ने गरी वि.सं २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुन नसकेको हो ।

‘चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए’
शुक्रबार, माघ १८, २०८१
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन्।

लाखौंका सोलार लिफ्ट आयोजना अलपत्र
शुक्रबार, माघ १८, २०८१
जुम्लामा लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् ।

बेनी–दरवाङ सडकः रणवाङ–दरबाङ खण्डमा कालोपत्र सुरू
शुक्रबार, माघ १८, २०८१
जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।
रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो।

खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
बुधबार, माघ १६, २०८१
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ। स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी सिञ्चित गर्ने गरी ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’को काम अघि बढाइएको हो।
साताको लोकप्रिय