Harsamaya
बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल
बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्याला–मजदुरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदै छ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु वडा नं ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरे र मार्चेबुङ टोलमा रु ८६ लाख १९ हजार सात सय ५० को लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु...
फाखेल–हुमाने सडक बन्द
फाखेल–हुमाने सडक बन्द अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । 
चौबिस वर्षपछि सडक स्तरोन्नति
चौबिस वर्षपछि सडक स्तरोन्नति तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गरे। सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ। यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ।
पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै
पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन्। संघ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन। तीमध्ये सनई, रगरगञ्ज, गेरमी, पाल्ही, हरपुर खानेपानीलगायतका योजना चार वर्षभन्दा लामो समयदेखि करिब अलपत्र अवस्थामा छन्।
म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण
म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण ‘झोलुङ्गे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौंदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ’ , उनले भनिन् । यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि–७ धारापानी र मालिका गाउँपालिका–७ खारा जोड्ने उक्त पुल निर्माण भएपछि २७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा...
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने  भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । 
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ।
चन्द्र ढकालले भने - पाथीभरा केबलकार निर्माणमा अवरोध गर्नेले ताप्लेजुङवासीको भविष्यमाथि खेलबाड गरे 
चन्द्र ढकालले भने - पाथीभरा केबलकार निर्माणमा अवरोध गर्नेले ताप्लेजुङवासीको भविष्यमाथि खेलबाड गरे  पाथीभरा केबलकारका विषयमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकारले पहिचानको प्रवर्द्धनका साथै स्थानीयको नागरिकको जीवनस्तरमा सुधार ल्याउने भन्दै केबलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलबाड गर्ने काम भएको बताएका हुन् । 
वालिङ–हुवास सडक: ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
वालिङ–हुवास सडक: ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ । 
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
‘एसियन हाइवे’ निर्माणले गति लिँदै सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ ।
Weather Update