Harsamaya
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताए । 
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरुको आवागमन बढेको हो । मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको...
राप्तीमा घडियाल गोहीको गणना सुरु
राप्तीमा घडियाल गोहीको गणना सुरु बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ ।  कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए ।
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ
ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका - ३ जितपुरका ४२ वर्षाीया सोभित थापालाई १० ग्राम ब्राउन सुगरसहित किर्तिपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।
बिहेको भोज खाँदा ५७ जना बिरामी
बिहेको भोज खाँदा ५७ जना बिरामी डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो।
नेताहरूले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण 
नेताहरूले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण  मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरू मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनले मधेशी युवालाई हत्या गर्ने ठूला दलका नेताको पाउँपुजा गर्नेहरूले सहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धीकरण गरिएको दाबी गरे।
Weather Update