सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला
शुक्रबार, पुस १९, २०८१
लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् ।
पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् ।
खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताइन् ।
महिला जनप्रतिनिधिको नेतृत्वले स्थानीय तहको सशक्तीकरण: प्रधानमन्त्री ओली
शुक्रबार, पुस १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।
कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।...
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
शुक्रबार, पुस १९, २०८१
बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ ।
अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१,...
मुना मालिकाको पर्यटन प्रवर्द्धनमा नयाँ पहल
शुक्रबार, पुस १९, २०८१
यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा मुना मालिकामा...
जाडोमा फ्लूको जोखिम: दीर्घरोगी र ज्येष्ठ नागरिकलाई उच्च सावधानी आवश्यक
शुक्रबार, पुस १९, २०८१
जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ ।...
१९ वर्षपछि पनि सिक्टा सिँचाइ अधुरै, लागत सात अर्बबाट ५३ अर्ब पुग्यो
शुक्रबार, पुस १९, २०८१
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ। आर्थिक वर्ष २०६१/०६२ मा स्थापना भई आव २०६२/०६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो। आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/०८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ।
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
शुक्रबार, पुस १९, २०८१
‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ ।
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश...
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
शुक्रबार, पुस १९, २०८१
जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...
मुगुमा भूकम्प
शुक्रबार, पुस १९, २०८१
मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
खबरामा केराखेती फस्टाए पनि बजारको अभावले किसान निराश
शुक्रबार, पुस १९, २०८१
एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । 'पहिले हप्ताको २० घरीसम्म...
चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा
शुक्रबार, पुस १९, २०८१
पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।
कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक...
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
शुक्रबार, पुस १९, २०८१
प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह...
आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री
बिहीबार, पुस १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले...
साताको लोकप्रिय