पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
बिहीबार, पुस ११, २०८१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
बिहीबार, पुस ११, २०८१
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।
-1735203887.png)
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
बिहीबार, पुस ११, २०८१
भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित
बिहीबार, पुस ११, २०८१
युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पुल भत्कियो, माझीको मेहनत बेकार: सुनकोशी वारपारको दुर्दशा
बिहीबार, पुस ११, २०८१
रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्यायो । त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा
बिहीबार, पुस ११, २०८१
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् ।

ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै
बिहीबार, पुस ११, २०८१
‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी) ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम भोलि शुक्रबारदेखि २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो।

तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी
बिहीबार, पुस ११, २०८१
कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले अहिले करिब नौ कट्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको...

अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी
बिहीबार, पुस ११, २०८१
आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् ।
साताको लोकप्रिय