झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार
आइतबार, चैत ३१, २०८१
प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएकोसमेत बताएका छन् । उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए ।

वीरगञ्ज झडप : कर्फ्यू आदेश जारी (कर्फ्यू आदेशसहित)
शनिबार, चैत ३०, २०८१
पर्साको वीरगञ्जमा दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

सिरहा चोहर्वामा संचालित औषधी पसलले बिरामीलाई ठगेको आरोप
शनिबार, चैत ३०, २०८१
सो सन्दर्भमा गोलबजार नगरपालिकाका स्वास्थ्य संस्थाका संयोजक सरोज कर्णले बजारबाट जसरी अरु समान फिर्ता हुन्छ, त्यसरी नै औषधि पनि फिर्ता हुनुपर्छ यदि फिर्ता नगरे उनको बदमासी भएको बताए । यसबारे बुझेर थप बताउने उनले बताए ।

आधारभूत तह अन्तिम परीक्षाको नतिजा सार्वजनिक
शनिबार, चैत ३०, २०८१
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
शनिबार, चैत ३०, २०८१
पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ । होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष शुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो ।

तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
शुक्रबार, चैत २९, २०८१
गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।

हेटौंडा अस्पतालको बोर्डका विषयमा विवाद
शुक्रबार, चैत २९, २०८१
यहि बीचमा अस्पतालको बोर्ड फेरिएको छ । ‘यसरी अदालतमा विचाराधिन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरित जानु हो’,वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म बोर्डको फेरबदल गर्न नहुने थियो ।

मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग
बिहीबार, चैत २८, २०८१
कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’

काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन्
बिहीबार, चैत २८, २०८१
वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ वटा हिटी छन् । जसमध्ये ८ वटा अस्तित्वमा छन् । वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी, मित्र धारा वडामा भएका हिटीहरु हुन् । संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको बताए ।

सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका
बिहीबार, चैत २८, २०८१
विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।

तेल ट्यांकी भित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बिहीबार, चैत २८, २०८१
विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।

बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त
बिहीबार, चैत २८, २०८१
त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते
बिहीबार, चैत २८, २०८१
बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साताको लोकप्रिय