पञ्चायती शासनको अन्त्य भएको दिन: जसले लेख्यो लोकतन्त्रको नयाँ इतिहास
मंगलबार, चैत २६, २०८१
वि.सं. २०४६ फागुन ७ देखि सुरु भएको शान्तिपूर्ण जनआन्दोलन देशका गाउँदेखि राजधानीसम्म चर्किदैं गयो। आन्दोलनको नेतृत्वमा कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । जसको करिश्मा र समर्पणले जनतालाई एकताबद्ध गरायो।

इतिहास: आजकै दिन विराटनगर जुट मिलका श्रमिकहरूले गरेको हड्तालले राणा शासनको अन्त्य भयो
आइतबार, फागुन २५, २०८१
हड्तालको क्रममा, नेपाली कांग्रेसका प्रमुख नेता बिपी कोइराला, गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीलाई पक्राउ गरी कारागारमा राखियो। यसले जनआन्दोलनको रूप लियो र समग्र राष्ट्रव्यापी आन्दोलनमा परिणत भयो। यो आन्दोलनले राणा शासनको विरुद्ध जनताको असन्तोषलाई उजागर गर्यो र अन्ततः राणा शासनको अन्त्य भयो ।

आज विश्व रेडियो दिवस मनाइँदै
बिहीबार, फागुन १, २०८१
आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ।

'मुटुको व्यथा' नाटकका लेखक बालकृष्ण सम जसले नेपाली नाटकलाई आधुनिक युगमा ल्याए
बिहीबार, माघ २४, २०८१
बालकृष्ण सम नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् । नेपाल नाट्य विधालाई आधुनिक युगमा लाने श्रेय उनलाई जान्छ । सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्।

माघ १९: राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको दिन (राजाको सम्बोधनसहित)
शनिबार, माघ १९, २०८१
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासनको घोषणा गरेका थिए । यस दिनलाई नेपालको इतिहासमा प्रजातन्त्रविरुद्धको ‘कु’ को रूपमा लिइन्छ। राजाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिँदै राजनीतिक दलहरूलाई प्रतिबन्धित गरे, सञ्चारमाध्यममा सेन्सर लगाए, नेताहरूलाई नजरबन्दमा राखे र टेलिफोन तथा सञ्चारका सबै माध्यम...

इतिहास : महात्मा गान्धीको हत्या भएको दिन, जसले विश्वलाई नै स्तब्ध बनाएको थियो
बिहीबार, माघ १७, २०८१
गान्धी साँझको प्रार्थनाका लागि बिरला भवन गएका थिए । जहाँ उनी समर्थकहरूसँग संवाद गर्दै थिए। त्यही क्रममा गोड्सेले नजिकै आएर उनको छातीमा तीन गोली हाने। गोली लागेपछि गान्धीले 'हे राम!' भन्ने अन्तिम शब्द उच्चारण गरेको बताइन्छ।

जहाँनिय राणा शासनविरुद्ध लागेका यी सहिद, जसलाई तड्पाइ तड्पाइ फासी दिइयो
बुधबार, माघ १६, २०८१
तर त्यसो भन्दैमा विभिन्न कालखण्डमा सहिद बनेकाहरुले गरेको योगदानलाई भने भुल्न सकिन्न । सहिदहरुले गरेको योगदान सम्झदै प्रत्येक वर्षको माघ १६ मा सहिद दिवस मनाउने गरिन्छ । विसं २००७ पछिदेखि नै माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । राणा शासकहरुलाई लर्कारेर स्वतन्त्रताको विगुल बजाउने पहिलो सहिद लखन थापा...

इतिहास: गंगालाल श्रेष्ठ जसलाई छोरा जन्मिएको भोलिपल्टै मृत्युदण्ड दिइयो
मंगलबार, माघ १५, २०८१
राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसअघि उनले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढे ।

आज होलोकास्ट स्मृति दिवस
सोमबार, माघ १४, २०८१
दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ ।

इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो
आइतबार, माघ १३, २०८१
रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरि अर्को हाँगामा झुन्ड्याइयो । धर्म भक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुई पल्टसम्म फाँसीबाट बचेका धर्म भक्तको गाला नर शमशेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरूलाई पिट्न लगाए ।

इतिहास: जनवरी १३ मा नेपालमा पहिलो पटक कोभिड-१९ पुष्टि
शुक्रबार, माघ ११, २०८१
२०२० जनवरी १३ मा चीनको वुहानबाट फर्किएकी एक नेपाली विद्यार्थीमा ज्वरो र खोकीको समस्या देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (STIDH) मा उपचार गराउन पुगेकी थिइन् । उनीलाई अस्पतालमा भर्ना गरिएको थियो । नेपालमा प्रचलित अन्य सामान्य संक्रामक रोगहरूलाई पहिचानबाट हटाउन प्रयास गरियो।

‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’
बिहीबार, माघ १०, २०८१
वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए...

बर्बाेटे घटना: जहाँ २६ जनाकाे दाेहाेराे भिडन्तमा मृत्यु भएको थियाे
आइतबार, माघ ६, २०८१
२०५६ माघ ६ गते, नेपालमा जनयुद्धको समयमा इलाम जिल्लाको बर्बोटे नजिक सरकार समर्थित सुरक्षा बल र माओवादी विद्रोहीबीच ठूलो भिडन्त भएको थियो।
साताको लोकप्रिय