सुशीला अधिकारीद्वारा रचित ‘उठ नेपाली, जुट नेपाली’
बुधबार, माघ १६, २०८१
कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’
मंगलबार, माघ १५, २०८१
गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन्।
गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् । गीतमा शब्द, संगीत र एरेन्ज समेत गायक तामाङकै छ ।

के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
शुक्रबार, माघ ११, २०८१
सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ।

फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक (भिडियोसहित)
बिहीबार, माघ १०, २०८१
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपक प्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

डाक्टर बिक्रान्त मेहताको माया गर्ने मै होमा स्मारिका
मंगलबार, माघ ८, २०८१
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेसाले चिकित्सक रहेका अर्थोपेडिक सर्जन डा. मेहताकै अभिनय रहेको गीतमा सुन्दर मोडल स्मारिका ढकालको अभिनय छ। एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी...

कलाकार मञ्जु र गंगारामको नयाँ गीत ‘सुन्तली’ सार्वजनिक
आइतबार, माघ ६, २०८१
जिआरजी डिभिजटलबाट सार्वजनिक भएको गीतमा राज दंगालको शब्द छ भने संगीत केदार दंगालको रहेको छ। गीतमा एरेन्ज मदन सुफिक्स र मिक्सिङ/मास्टरिङ गोविन्द सोनीको रहेको छ।

दुश्मन हेरेको हेरै…
आइतबार, माघ ६, २०८१
अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मंगलबार एकार्काका गीत फेसबुकमा साझा गरे।
पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाइ बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो।

रेशम र सीताको मौलिक गीत ‘ढल्यो लाँकुरी’ सार्वजनिक
शनिबार, माघ ५, २०८१
रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चेबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक
शुक्रबार, माघ ४, २०८१
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

प्रकास सपुतको ‘साँझ पर्यो झमक्क’यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
बिहीबार, माघ ३, २०८१
गायक, अभिनेता तथा निर्देशक समेत रहेका सपुतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’सार्वजनिक
मंगलबार, माघ १, २०८१
यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो । सोही लेवलको चर्चा आज रिलिज भएको ‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्डैमा’ले पनि पाउने अपेक्षा छ ।

लन्डनमा गुन्जियो कन्दरा
सोमबार, पुस २२, २०८१
‘पहिला घरदेश अनि परदेश’अन्तर्गत पोखरेली ब्यान्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इन्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो ।
कन्दरा ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र...

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
बिहीबार, पुस ११, २०८१
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरेका छन् ।बौद्धस्थित ह्यात चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रम उनले ‘उकाली ओराली गर्दै’ गीत...
साताको लोकप्रिय