Harsamaya
माघ १० गतेबाट सहिद सप्ताह सुरु
सुशासन समितिको बैठक ।

काठमाडौं - माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम आयोजना गर्ने सुशासन समितिले निर्णय गरेको छ । सोमबार बसेको बैठकले सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । 

यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरू स्मृति सभाका लागि भेला हुनेछन् ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update