Harsamaya
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै । तस्बिरः हिमाल लम्साल / रासस

पर्सा - सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ ।

सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले पर्सा जिल्लामा रगतको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको जानकारी दिए । “सशस्त्र प्रहरी बल सीमा सुरक्षाको साथसाथै नागरिकसँग हातेमालो गरेर अघि बढ्नका लागि रक्तदान कार्यक्रम गरेका हौँ”, उनले भने, “रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको छ ।” सशस्त्र प्रहरी बल पर्साले नेपाल-भारत सीमा क्षेत्रमा स्वास्थ्य शिविरलगायत गतिविधि गर्दै आइरहेको छ । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सशस्त्र प्रहरीले सुरक्षा निकायले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै आइरहेकोमा खुसी व्यक्त गरे । “पर्साका सुरक्षा निकायले सुरक्षाको अलवा अन्य सामाजिक गतिविधिमा सक्रिय हुँदा जनताले सहज अनुभूति गर्दै आइरहेका छन् ।”

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update