Harsamaya
बैतडीका एक जनाको भारतमा मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनगढी - बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।

भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ।

रमेशले चलाएको बस दुर्घटना भएको हो। उनको परिवार पाँच वर्षदेखि भारतमा बस्दै आएको थियो। उनकी श्रीमती, दुई वर्षीय छोरी र एक वर्षको छोरा छन्।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update