Harsamaya
ग्लोबल आइएमई बैंकले ३ अर्ब नाफा कमायो
ग्लोबल आइएमई बैंक

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफाले बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।

खुद ब्याज आम्दानी खुम्चिएपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढ्न टेवा पुगेको हो । गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।

पुस मसान्तसम्म आइपुदा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ । चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । आरओई ९.६९ प्रतिशत छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update