यस्ता वडाध्यक्ष जो घोडामा कार्यालय आउजाउ गर्छन्
काठमाडौं - दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँलले घोडा चढ्न थालेका छन् । सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर उनले घोडा चढ्न थालेका हुन् ।
नेपाली कांग्रेसबाट विजयी भएका फुयाँलले मोटरसाइकल फिर्ता गरेर एक लाख पाँच हजार रुपियाँमा घोडा किनेर चढ्दै आएका छन् । अन्य वडाध्यक्षहरू मोटरसाइकलमा कार्यालय जाँदा उनी भने हरेक दिन घोडा चढेरै कार्यालय जाउआउ गर्छन् ।
पालिकाका सबै वडाका वडाध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको छ । तर, आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पत्ति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको वडाध्यक्ष फुयाँलले बताए ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय