जनकपुर - भन्सार विभागले जनकपुर भन्सार कार्यालयमा जफत गरिएका विभिन्न सवारी साधनहरू लिलामीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गतको विभागले भन्सार छली, चोरी निकासी/पैठारी जस्ता अभियोगमा जफत गरिएका सवारी साधनहरू भन्सार नियमावली, २०६४ को नियम ३५(१) बमोजिम लिलामीमार्फत बिक्री गरिने कार्यालयले जनाएको छ। इच्छुक नेपाली नागरिक, फर्म तथा संघ/संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्।
लिलामी प्रक्रिया र सर्तहरू
सवारी साधनको निरीक्षण: इच्छुकले कार्यालय समयमा जनकपुर भन्सार कार्यालयको मुद्दा शाखामा सम्पर्क गरी सवारी साधन अवलोकन गर्न सक्नेछन्।
धरौटी रकम: बोलपत्रका लागि न्यूनतम १० प्रतिशत धरौटी रकम राष्ट्रिय वाणिज्य बैंक, जनकपुरको खाता नम्बर १२२०१००१०२०३०००० मा जम्मा गर्नुपर्नेछ।
फारम खरिद र बुझाउने समय: गोप्य बोलपत्र फारम सूचना प्रकाशित भएको मितिले २१ औँ दिनसम्म कार्यालय समयभित्र खरिद तथा २२ औँ दिनभित्र दर्ता गरिसक्नुपर्नेछ।
स्वीकृत बोलपत्र: बोलपत्र स्वीकृत भएको मितिले ७ दिनभित्र कबोल गरिएको सवारी साधनको मूल्य, कर, तथा अन्य दस्तुर बुझाई उठाई लैजानुपर्नेछ।
कवाडीका लागि छुट्टै प्रक्रिया
यातायात कार्यालयमा दर्ता गर्न नमिल्ने सवारी साधनहरू कवाडीको रूपमा बिक्री गरिनेछ। यी साधनहरू उठाउनु अघि इन्जिन र चेसिस नम्बर रद्द गरी टुक्रा पार्ने कार्य लिलाम स्वीकार कर्ताले आफ्नै खर्चमा गर्नुपर्नेछ।
सूचना पहुँच र बोलपत्र दर्ता
सूचना भन्सार विभागको आधिकारिक वेबसाइटमा उपलब्ध छ। बोलपत्रहरू सूचना प्रकाशित भएको मितिको २२ औँ दिन अपराह्ण १२ बजेभित्र दर्ता गर्नुपर्नेछ। दर्ता गरिएका बोलपत्रहरू सोही दिन अपराह्न ३ बजे खोलिने जनाइएको छ।
यो प्रक्रिया पारदर्शिता र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्दै अघि बढाइने जनकपुर भन्सार कार्यालयले जनाएको छ।
बोलपत्र :-