Harsamaya
खो खो विश्वकप : पुरुषतर्फ नेपाल उपविजेता
पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ ।

काठमाडौं - पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा  भारतसँग पराजित भएको हो । 

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अंकले पराजित भएको हो । यसअघि आजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अंकले पराजित भएको थियो । 

पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अंकले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अंकले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अंकले तथा चौथो खेलमा भुटानलाई ९८–८ अंकले हराएको थियो । नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अंकले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अंकले पराजित गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update