बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
तनहुँ - पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ निवासी २६ वर्षीय सञ्जीव महरा रहेका छन्। बसको ढोकाबाट खसेर सख्त घाइते भएका महराको दमौली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
बा ४ ख ५८०१ नम्बरको बस बागलुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो। बसका चालक, चितवन भरतपुर नगरपालिका–२४ निवासी ३९ वर्षीय सानु कान्छा मुक्तान, र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन्।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ २२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय