बिहेको भोज खाँदा ५७ जना बिरामी
धनगढी - डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीले शनिबार दुलही पक्षका व्याक्तिहरूले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा ५७ जना बिरामी भएको जनाएको छ।
बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो। शनिबार बिहेको भोज खाएका ५७ जना बिरामी भएका हुन् ।
उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो। बिरामीहरूको रगतको नमुना संकलन गरेर जिल्ला अस्पताल डोटीमा परीक्षणका लागि पठाइएको छ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ २१:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय