Harsamaya
कविता : कफीसँगै माया फेरौंन 
ग्राफिक्स : हर समय/Har Samaya

साथी भेटौंन ! 
पुराना याद ताजा गर्दै कफी पिउन ? 
म सम्झी रहेछु पल पल,
एक कप कफीसँगै माया फेरौंन । 


म तिम्रा आँखामा हेर्छु,
मलाई पनि चाह तिम्रा आँखामा देखाउन 
जिन्दगीले बाटो लगाए पनि,
एक कप कफीसँगै माया फेरौंन ।


म घरमा झुकाएर आउँछु,
तिमी पनि दोबाटो छलेर आउन,
हाम्रा सपना एक हुन नसके पनि,
एक कप कफी सँगै माया फेरौंन ।


म हाम्रा पुराना तस्विर बोकेर आउँछु,
तिमी पनि मेरा मायाका चिठी ल्याउन
एक अर्काको तिर्सना मेटाउन भए पनि,
एक कप कफीसँगै माया फेरौंन ।


तिम्रा हाम्रा च्याट फेसबुकमा लुकाएको छु,
तिमीले पनि लुकाएका याद बोकेर ल्याउन
ती सब याद ताजा गर्न भए पनि,
एक कप कफीसँगै माया फेरौंन ।


रातलाई दिनले ढाके झैँ , तिमी मलाई तिम्रो समीपमा ढाल्नु है
धेरै नभए पनि मनमा थोरै माया सङाल्नु है
सँगै हुन नसके नि सदैव तिम्रो हुने वाचा गर्न भने पनि,
एक कप कफी सँगै माया फेरौंन ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update