Harsamaya
एनभीएलको लोगो सार्वजनिक
 केडिया ग्रुपले पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग गर्दैछ । त्यसको लोगो र स्लोगन खेलकुद मन्त्री तेजुलाल चौधरीले आज सार्वजनिक गरेका हुन् ।
काठमाडौँ - पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । 
 
लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो  । खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन गरेका थिए । उचाईको नयाँ उडान स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।
 
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने आयोजकले जनाएको छ । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुँदा पनि पूर्वाधार नुहुँदा खेलकुदको सोचेजस्तो विकास हुन नसकेको बताए ।
 
नेपाल ओलम्पीक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेश समेत नमान्ने प्रवृत्ति खेल संस्थामा देखिएको भन्दै सबैले ऐन नियम मान्नुपर्ने बताए । उनले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए । 
 
९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगद सहित सम्मान गरिएको थियो । 
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update