सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु
काठमाडौं - सुडानमा उत्तरी डार्फरको राजधानी एल–फाशरको पूर्वी क्षेत्रमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा १४ सुडानी नागरिकको मृत्यु भएको छ ।
‘आक्रमण शनिबार उत्तरी डार्फर राज्यको उत्तरपूर्वी उम कदादाह क्षेत्रमा भएको थियो,’ स्थानीय प्रतिरोध समितिले जानकारी दिएको छ ।
उक्त समिति स्वयम्सेवक सङ्गठनहरू मध्ये एक हो, जसले नियमित सेना र विद्रोही अर्धसैनिक आरएसएफ बीचको २१ महिनाको लडाईमा सुडानभर सहायता समन्वय गरेको छ ।
मे महिनादेखि आरएसएफको घेराबन्दीमा रहेको करिब २० लाख मानिसले सबैभन्दा ठूलो लडाई देखेको छ । लगभग सबै डार्फर क्षेत्र अब आरएसएफद्वारा नियन्त्रित छ । आरएसएफले छिमेकी कोर्डोफान क्षेत्र र मध्य सुडानको धेरै भाग पनि कब्जा गरेको छ ।
सुडानमा युद्धको कारण १२ लाख भन्दा बढी मानिस घरबारविहीन भएको छ । यसलाई संयुक्त राष्ट्र संघले हालको सबैभन्दा खराब मानवीय प्रकोपहरूमध्ये एक बताएको छ ।
राष्ट्र संघले सेना र आरएसएफ दुबैलाई अन्धाधुन्ध रूपमा नागरिकहरूलाई लक्षित गर्ने र आवासीय क्षेत्रहरूमा जानाजानी आक्रमण गरेको आरोप लगाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय