१२.५८ अंकले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अंकले बढेर दुई हजार छ सय एक दशमलव २१ अंकमा पुगेको हो ।
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा रु छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ०९, साम्लिङ पावर कम्पनीको सेयर मूल्य सात दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य सात दशमलव ३७ प्रतिशतले बढेको छ ।
साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य छ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६ दशमलव ४५ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १६:४३
प्रतिक्रिया दिनुहोस्