Harsamaya
विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान (सूचनासहित)
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान गरेको छ ।  

अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ चेक इन एरिया बी तर्फ सप नम्बर ७ ले ओगटेको १२.४२ वर्गमिटर क्षेत्रफलमा आधिकारिक विदेशी सिमकार्ड पसल सन्चालनको  ठेक्का आव्हान गरेको हो ।

कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति / संस्था / फर्म/कम्पनीले प्रचलित कानुनको अधीनमा रही बोलपत्र दाखिला गर्न प्राधिकरणले तेस्रो पटक सूचना प्रकाशित गरेको हो।

प्राधिकरणले सूचना विस्तृत रुपमा Website: www.caanepal.gov.np र Website: www.tiairport.com.np मा उपलब्ध रहेको बताएको छ ।
तेस्रो पटक प्रकाशित सूचना :-

page-8_page-0001-1737262718.jpg

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update