Harsamaya
सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगको लोगो खुला प्रतिस्पर्धाबाट बनाइने, ४० हजार पुरस्कार (सूचनासहित)
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम

काठमाडौं - प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशको लोगो बनाउन लागि खुला प्रतिस्पर्धाबाट आव्हान गरिएको छ । आयोगले आइतबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट लोगो बनाउन आव्हान गरेको हो । 

लोगो खुला प्रतिस्पर्धात्मकबाट छनोट गरिने र छनोट हुने लोगोको डिजाइन कर्तालाई पुरस्कार स्वरूप ४० हजार र प्रमाणपत्र दिइने आयोगको सूचनामा भनिएको छ । लोगो बनाउनेले माघ २६ सम्म आयोगको कार्यालय वा आयोगको इमेल  ppsc.p7@ gmail.com पठाउन अनुरोध गरिएको छ । 

साथै लोगो निर्माणका सर्त तथा प्रस्ताव र दाताले प्रस्तावसाथ पेश गर्नुपर्ने कागजातहरूको सम्बन्धमा आयोगको वेबसाइट  बाट जानकारी लिन सकिने सूचनामा भनिएको छ ।

प्रदेश लोक सेवा आयोग सुदूरपश्‍चिम प्रदेशको प्रतिक चिन्ह (लोगो) डिजाइन सम्बन्धी सूचना :-

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update