पछिल्लो अपडेट
सिन्धु विकास बैंक रहेको घरमा आगलागी हुँदा ४० लाखको क्षति
काठमाडौं - सिन्धु विकास बैंकको सिन्धुपाल्चोकको लामोसाँघु शाखा रहेको घरमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।
बलेफि गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश श्रेष्ठले ४० लाख बराबरको क्षति भएको जानकारी दिए । आगलागीबाट सिन्धु विकास बैंक र ग्रिल्ड सहकारी गरी ४० लाखको क्षति भएको हो । बैंकमा रहेको पैसा भने सुरक्षित रहेको उनले जानकारी दिए ।
शनिबार बिहान ६:१५ मा बैंक रहेको घरमा आगलागी सुरु भएको थियो । आगलागी इन्भर्टरको लाइन सर्ट भएर भएको श्रेष्ठले बताए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय