Harsamaya
श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु
जंगली हात्ती
काठमाडौं - श्रीलंकामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ ।
 
सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।
 
सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ ।
 
सन् २०२३ मा श्रीलंकामा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्यांकले देखाउँछ ।
 
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update